काठमाडौं १४ साउन (ओएनएस) : व्यवस्थापिका संसद अन्र्तगतको सार्वजनिक लेखासमितिको समापतिकाको सभापतिका लागि आज निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । आज निर्वाचन प्रक्रिया सुरु भए अनुसार साउन १६ गते निर्वाचन हुने छ । सार्वजनिक लेखा समितिको सभापति चयनको प्रक्रिया आजदेखि शुरु हुँदैछ । संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज उम्मेदवारी दिनुपर्नेछ । सभामुख सुवास नेम्वाङका अनुसार लेखासमितिको निर्वाचन शुक्रवारकालागि तय भएको हो । लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दल एमाओवादीले पाउने पक्का पक्की भएको छ ।
लेखा समितिको सभापित एमाओवादीलाई दिने सहमति भएपछि एमाओवादी उम्मेदवार निर्विरोध चयन हुने भएका छन् । लेखा समितिको सभापति एमाओवादीले पाउने तय भएपनि व्यक्ति भने तय भएको छैन् ।
अन्य समितिको सभापतिकालागि बुधवारसम्म सहमति गरिने र सहमति नभएको अवस्थामा आज बस्ने व्यवस्थापिका संसद बैठकबाट निर्वाचनको मिति तोकिने सभामुख नेम्वाङले जानकारी दिए । व्यवस्थापिका संसदमा ११ विषयगत, दुई प्रक्रियागत र एक विधायन समिति गरी १४ समिति रहेका छन् । यी मध्ये कुनैपनि समितिमा सभापति चयन हुन सकेको छैन् । दलहरुबीच सहमति हुन नसक्दा समितिका सभापति चयनमा ढिला भएको हो ।