अवरुद्ध सम्वाद सुरु, सम्वाद समिति आजदेखि सक्रिय

144
  •  
  •  
  •  

काठमाडौं ७ मंसिर (ओएनएस) : लामो समयदेखि अवरुद्ध बनेको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको वैठक आजदेखि फेरि सुरु हुँदैछ । शनिबार दलहरुबीच भएको सहमतिले लामो समयदेखिका गतिरोध तत्काललाई चिरेको छ । जारी गतिरोध अन्त्यका विषयमा प्रमुख दलहरुबीच सब विवाद संविधानसभामा लैजाने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरु, संविधानसभाका अध्यक्ष र संवाद समितिका सभापतिबीच भएको छलफलमा संवाद समितिले संविधानसभामा पठाउने प्रतिवेदनका विषयमा छलफल थियो ।
दलहरुबीचको हिजोका सहमति पश्चात संवाद समितिको बैठक आज बोलाइएको छ ।

समितिका सभापति डा. बाबुराम भट्टराईले विहान १० बजेका लागि संवाद समितिको बैठक बोलाएका छन् । आज बस्ने संवाद समितिको बैठकबाट नै प्रतिवेदन पठाउनेबारेमा निर्णय गर्नेछ । यसअघि कांग्रेस र एमालेले सहमतिको साझा प्रस्तावमा मतदान प्रयिक्रया अगाडी बढाउनुपर्ने भन्दै हस्ताक्षर बुझाएपछि एमाओवादीले छलफल नै बहिष्कार गरेको थियो ।


  •  
  •  
  •