निर्देशन अबज्ञा गर्दै सम्वाद समिति छलफलमा

129
  •  
  •  
  •  

काठमाडौं १७ कात्तिक (ओएनएस) : संविधानसभाले दिएको समय तालिका अनुसार काम गर्न संविधानसभाको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समिति असफल भएको छ । समितिले संविधानसभा निर्देशनको अवेज्ञा गर्दै आज पनि छलफल जारी राख्ने भएको छ । हिजो छलफल गरेर प्रश्नावली सहित सबैदलका असहमति सहितको दुईवटा प्रतिवेदन बुझाउने तयारी भएपनि हिजो छलफल नै हुन सकेन । हिजो २ बजे बोलाइएको बैठक ६ बजे औपचारीक रुपमा नबसि आज बिहानका लागि सारिएको थियो ।

अहिले बिहान सिंहदरबारमा बोलाइएको बैठकमा आजपनि सहमतिकै प्रयासमा छलफल हुने समितिले जनाएको छ । सहमतिको समयसीमा अनुसार सम्वाद समितिले १५ गते प्रतिवेदन बुझाउनुपर्ने थियो । सहमति नभए हिजो प्रश्नावली सहित प्रतिवेदन पठाउन भनिएको थियो । राजनीतिक सम्वाद समितिका सचिव तथा संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माका अनुसार सम्वाद समितिको बैठक बिहान ससिंहदरबारमा बोलाइएको छ । संघीयता र शासकीय स्वरुपमा सत्तारुढ दल कांग्रेस र एमालेको साझा धारणा बनाएका छन् भने एमाओवादी लगायतका दल त्यसमा असहमत छन् ।

कांग्रेस एमाले दुई तिहाई बहुमतका आधारमा संविधान जारी प्रयासमा लागेपछि एमाओवादी नेतृत्वको मार्चाले अवरोध गर्ने तयारी गरेको छ । संविधानसभाले तेस्रोपटक समितिलाई २४ असोजमा विवादित विषयय मिलाउन ६ दिनको समय दिएको थियो । ३० असोजसम्मकोसमयमा सहमति हुन नसकेपछि ३१ असोजमा कात्तिक १५ सम्मको समय दिएको थियो ।


  •  
  •  
  •