पाकिस्तानमा भएको आक्रमणको संविधानसभाद्वारा निन्दा

200
  •  
  •  
  •  

biccकाठमाडौँ, ३ पुस (ओएनएस) संविधानसभाको बैठकले पाकिस्तानको पेसावर सहरस्थित सैनिक विद्यालयमा गत मंगलबार भएको आतङ्ककारी आक्रमणको निन्दा गर्र्दै उक्त कायरतापूर्ण घटनाको भत्र्सना गरेको छ । बिहिबार बसेको बैठकले उक्त निन्दा गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाध्यक्ष सुवास नेम्बाङले नेपाली जनता जहिले र जहाँ पनि हुने आतङ्कवादी क्रियाकलापको विरुद्धमा छन् र त्यस्तो कायरतापूर्ण गतिविधिको निन्दा गर्छन ्भन्दै प्रस्तुत गरेको शोक प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत ग¥यो ।

बैठकले आक्रमणमा परी दिवङ्गत भएकाहरूको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति सहानुभूति एवम् समवेदना व्यक्त गरेको छ । बैठकले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । “दुःखको यो घडीमा पाकिस्तानी जनतामा धैर्य गर्ने शक्ति प्राप्त होस्” भन्ने कामना पनि शोक प्रस्तावमा गरिएको छ ।


  •  
  •  
  •