भदौ २१ भित्रै सहमति जुटाउने निर्णय

74
  •  
  •  
  •  

काठमाडौैं ९ भदा (ओएनएस) : संविधान निर्माणमा देखिएका विवाद यही भदौ २१ भित्र सहमतिमा पुर्याउने निर्णय गरिएको छ । सैंवैधानिक राजनीतिक संवाद तथा सहमित समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । भदौं तेस्रो हप्ताभित्र विवादित विषयलाई टुंगोमा पु¥याउने कार्यतालिकाअनुसार काम गर्न समितिले यस्तो निर्णय गरेको समितिका एक सदस्यले जानकारी दिए । उनले सहमति जुटाउन अधिकतम प्रयास गर्ने र जति विषयमा सहमति हुन्छ ती विषयलाई समेटेर तयार पारिएको प्रतिवेदन मस्यौदा समितिमा पठाउने निर्णय भएको जानकारी दिए ।

दलहरुबीच राज्यको शासकीय स्वरुप, संघीयता, न्यायप्रणालीलगायतका विषयमा तिब्र विवाद छ । यी विषयमा सहमति नजुटे पनि समितिले प्रतिवेदन बनाउने तयारी गरेको छ ।
यस्तै समितिका सदस्य आनन्द ढुंगाना संयोजक रहेको वार्ता उपसमितिले गरेको वार्ताका सहमतिको निक्र्यौल गर्न एक उपसमिति गठन गरेको छ ।

 प्रधानन्यायाधीशसँग छलफल गर्ने
संविधानसभाको राजनीतिक संवाद तथा सहमति समितिले नयाँ संविधानमा संवैधानिक अदालतको विषयलाई लिएर प्रधानन्यायाधीशसँग छलफल गर्ने भएको छ । संसद् सचिवालय सिंहदरवारमा सोमबार बसेको बैठकले संवैधानिक अदालतको व्यबस्थाबारे प्रधानन्यायाधीशसँग छलफल गर्ने निर्णय गरेको सचिव मुकुन्द शर्माले जानकारी दिए । अघिल्लो संविधानसभाको संवैधानिक समितिले पनि न्यायाधीशसँग छलफल गरेको थियो । संविधानको व्याख्या गर्ने जिम्मा सर्वोच्च अदालतलाइ दिने कि संवैधानिक अदालत गठन गर्ने भन्नेमा दलहरुबीच विबाद छ ।


  •  
  •  
  •