काठमाडौं ३ माघ (ओएनएस) : केहीदिन यता सयुक्त समेत टुटाएका दलहरु फेरि जोडिन थालेका छन् । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहलमा दलहरुबीचको वार्ता सुरु भएको छ । शुक्रबारको निरन्तरतामा आज शनिबार बिहान पनि प्रमुख चारपक्षका नेताहरुको सयुक्त बैठक सुरु भएको छ ।
संसिवधानसभा सचिवालयमा सभाध्यक्ष नेम्वाङको मध्यस्थताको बैठकमा माघ ८ मा संविधान जारी गर्न असम्भव नभएपछि संविधान जारी गर्ने नयाँ मिति, प्रक्रिया वा सहमतिका विषयमा साझा धारणा तय गरिनेछ । दोस्रो संविधानसभाबाट संविधान जारी गर्न माघ ८ मा पहिलो मस्यौदा पनि असम्भवप्राय भएपछि प्रमुख राजनीतिक दल यस नयाँ मिति सहितको साझा सन्देश दिने तयारीमा लागेका छन् ।
त्यस्तो सन्देश दिन सकेसम्म विवादित सबै विषयमा सहमति कायम गर्ने, नभए संविधानसभा नयमावलीअनुसार प्रश्नावली समिति बनाउने र त्यो पनि सम्भव नभए दुई तिहाइको बलमा विवादित विषय टुंगो लगाएर नयाँ संविधान बनाउन मस्यौदा समितिमा पठाउने दलहरूको तयारी छ ।
तर, एमाओवादीले भने सहमतिमै जोड दिएको छ । संविधानका विवादित विषयहरू राज्य पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीबारे संवादहीन अवस्थामा पुगेका दल छलफलमा जुटेका हुन ।
छलफलमा सहभागी नेताले सकेसम्म सहमति नै खोज्ने गरी अघि बढेको बताएका छन् । केहीमा सहमति जुटेको र धेरैजसो सहमतितिरै नजिकिएको उनीहरूको भनाइ छ ।