संशोधनले मधेसीका माग कति पूरा भए त ?

138
  •  
  •  
  •  

काठमाडौं १० माघ ।
संविधानसभाबाट ३ असोजमा जारी संविधान १२६ दिनमै संशोधन भएको छ । अब भारतको अघोषित नाकाबन्दी खुल्ने विश्वास गरिएको छ । संविधान संशोधनले मधेसीका माग कति पूरा भए त ?

 मधेसी मोर्चाको ११ बुँदे मागमा सहमति गर्न प्रमुख तीन दल र मोर्चाको कार्यदल तथा शीर्ष तहमा पटक-पटक छलफल भयो । तर, प्रदेशको सीमांकन टुंग्याउने विषयमा विवाद भएपछि मोर्चाको मुख्य दुई माग समेटेर संविधान संशोधन भयो । संघ, प्रदेशलगायत राज्यको सम्पूर्ण अंग, तह, निकाय र सेवा आयोगहरुमा प्रत्याभूति हुनुपर्ने मधेसी मोर्चाको मुख्य माग थियो ।

यो मागअनुसार संविधान संशोधन भएको छ । संविधानको धारा ४२ मा सामाजिक न्यायको हकमा उल्लेखित ‘समावेशी सिद्धान्तका आधारमा’ भन्नेमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा राखेर संशोधन गरिएको छ ।

निर्वाचन क्षेत्र जनसंख्याका आधारमा निर्धारण हुनुपर्ने मधेसी मोर्चाको माग थियो । संविधानमा यसअघि निर्वाचन क्षेत्र निर्धारण गर्दा भूगोल र जनसंख्याको आधार भनिएकोमा संशोधनमा प्रत्येक जिल्लामा एक निर्वाचन क्षेत्र हुने गरी ‘जनसंख्यालाई मुख्य र भूगोललाई दोस्रो आधार’ मानिएको छ ।
संशोधनमा हाम्रो सहमति छैन: उपेन्द्र यादव
मधेसी मोर्चाको प्रमुख घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भनेका छन्- हामीले प्याकेजमा सहमतिको कुरा गरेका छौं । अहिलेको संशोधन तीन दलको इच्छाअनुुसार भएको हो । यसमा हाम्रो सहमति छैन । यसमा धेरै प्रतिक्रिया दिन आवश्यक छैन । हाम्रो आन्दोलन यति नै बुादा संशोधन गर्न भएको होइन । त्यसकारण हाम्रो सहमति-असहमति भन्ने नै होइन । मधेस आन्दोलन बिभिन्न रुपमा जारी रहन्छ । नयाँपत्रिकाबाट


  •  
  •  
  •