बिधेयकमाथिको संसोधन प्रस्तावमाथि संविधानसभामा छलफल

140
  •  
  •  
  •  

काठमाडौं २३ भदौ (ओएनएस) : संविधानको परिमार्जित बिधेयकमाथिको संसोधन प्रस्तावमाथि संविधानसभामा छलफल शुरु भएको छ । हिजोबाट सुरु भएको छलफल आज पनि जारी रहनेछ । संयुक्त र व्यक्तीगत गरि ५४ संसोधन प्रस्ताव दर्ता भएकोमा मंगलवार ७ प्रस्तावकले मात्रै प्रस्ताव प्रस्तुत गरेका छन् ।

बुधवार सबै संसोधनहरु प्रस्तुत भए बिहिवार दलका शीर्ष नेताहरुलाई धारणा राख्न दिने तयारी संविधानसभा सचिवालयको छ । बैठक बिहान साढे १० बजे बोलाइएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापा, समाजवादी जनता पार्टीका सभासद् प्रेमबहादुर सिंह, राप्रपाका दिपक बोहरा, जनमुक्ती पार्टीका शिवलाल थापा, खम्बुवान मुक्ती मोर्चाका रामकुमार राई, दलित जनजातीकी यशोदा लामा, र नेपा पार्टीका लक्ष्मण राजबंशीले संशोधन प्रस्ताव राखेका हुन् ।

उनीहरुलाई प्रस्ताव प्रस्तुत गनृ ७ मिनेटको समय दिईएको थियो । बाकी संसोधनकर्ताले बुधवार बिहानबाट शुरु हुने संविधानसभा बैठकमा आफ्नो प्रस्ताव पेश गर्दै बिधेयकमाथि धारणा राख्ने छन् । सचिवालयले दफावार छलफलमा भाग लिन तोकेको मंगलवार सांझ ७ बजे सम्मको समयमा २ सय ७९ सभासद्ले आफ्नो नाम टिपाएको प्रबक्ता डा. भरत गौतमले जानकारी दिए ।

शीर्ष नेताहरुले बोलीसकेपछि दफावार छलफलमा सहभागि हुन नाम टिपाएका सभासद्हरुले पालैपालो बोल्न पाउने छन् । नाम नटिपाएका सभासद्ले संविधानसभाको जारी प्रकृयामा बोल्न पाउने छैनन् । झण्डै ३ सय ८० सभासद्ले संविधान निमार्णको यो अन्तिम चरणमा छलफल गर्ने भएका छन् । दफावार छलफल सकिएपछि संसोधन प्रस्ताव र संविधानको बिधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने नियम छ ।


  •  
  •  
  •