भट्टराईको प्रतिवेदन आज पनि संविधानसभामा पेश नहुने

169
  •  
  •  
  •  

काठमाडौं २३ मंसिर (ओएनएस) :  सभासद हरि खड्काको निधनले संविधान र संसदका सबै प्रक्रिया अवरुद्ध भएका छन् । आजको संविधानसभा बैठक पनि विषयमा प्रवेश नगरि स्थगित हुने भएको छ । नयाँवानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा उपचारका क्रममा निधन भएका काङ्ग्रेस सभास खडकाप्रति शोक प्रस्ताव पारित गर्दै सकिनेछ ।

राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन संविधानसभा बैठकमा पेस गर्ने कार्यक्रम तय गरिएको भए पनि शोक प्रस्ताव पारितगर्दै भोलिसम्मका लागि बैठक स्थगित हुने संसद सचिवालयले जनाएको छ ।

संवाद समितिको प्रतिवेदन पेस भएपछि दुई दिन सभासदहरुलाई अध्ययनका लागि समय दिइनेछ । यसअघि यही मंसिर २६ देखि संवाद समितिको प्रतिवेदनको बारेमा संविधानसभामा छलफल गर्ने तयारी भए पनि अव कसरी अघि बढ्ने बारेमा विवाद छ ।

 


  •  
  •  
  •