माघ ८ लाई चैतमा सार्ने तयारी

227
  •  
  •  
  •  

काठमाडौं १९ मंसिर (ओएनएस) :  दलहरूले जारी गरेको प्रतिवद्धता अनुसार अब जनताले संविधान पाउन जम्मा ५० दिन बाँकी छ । दलहरूले अझै समयको भाका सारिसकेका छैनन् । स्वविक प्रयोग गर्दै संविधानसभा संवैधानिक राजनीतिक संम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले प्रतिवेदन संविधानसभामा पठाएका छन् ।

दलहरूको कार्यतालिकमा अनुसार यतिखेर संविधानसभाको मस्यौदा माथी आएका सुझावका आधारमा संविधानसभामा प्रतिवेदन पेश भइसक्नुपर्ने हो । मंसिर मसान्तसम्म प्रतिवेदन पेश गर्ने कार्यतालिका छ । तर, यसअघिका सबै कार्यतालिका उल्ल्रघन भइसकेका छन् । मंसिर मसान्तको कार्यतालिका पनि पुरा नहुने निश्चित छ ।

बाहिर दलहरूले माघ ८ मै संविधान जारी गर्ने बताएपनि भित्र संविधान माघ ८ मा नआउने निस्कर्ष निकालिएको छ । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अब माघ ८ मा संविधान आउने सम्भावना सकिएको दावी गर्छन् । ‘पहिलो कुरा त दलहअरुबीच सहमति नै भएको छैन’ श्रेष्ठले भने ‘अब सहमति भएपनि माघ ८ मा संविधान आउने सम्भावना समाप्त भइसकेको छ । ’

मंसिरभित्रै तयार गर्नुपर्ने मस्यौदामा दलहरूले काम नै गरेका छैनन् । दलहरू माघ ८ गतेको कार्यतालिकालाई चैतमा सार्ने तयारीमा छन् । शीर्ष तहमा समेत माघ ८ लाई सार्ने विषयले प्रवेश पाइसकेको एक नेताले बताए । मस्यौदा तयार गर्नुअघि सहमति हुनु अनिवार्य छ ।

‘सभाले असोजमसान्तसम्ममा संविधानको पहिलो मस्यौदा तयार पारी जनताको राय सुझावका लागि नागरिक सम्वन्ध समितिमा पठाउने छ । सभाले तयार पारेको पहिलो मस्यौदालाई कार्तिक मसान्तभर जनतामा पुर्याइ रायसुझाव संकलन गर्ने कार्यतालिकामा उल्लेख छ । यसरी संकलित रायसुझावको प्रतिवेदनलाई छलफलका लागि मंसिर मसान्तसम्ममा सभामा पेश गरिने छ। त्यसपछि संविधानसभाले पुष मसान्तसम्ममा संविधानको मस्यौदामा आवश्यक परिमार्जन गर विधेयकको रूपमा सभामा पेश गरी दफावार छलफल गर्नुका साथै सभाले पारित गर्ने छ। चैत २१ म जारी गरिएको कार्यतालिकामा भनिएको छ ।’

तर, मस्यौदा लेख्ने समय दुई महिना र जनतामा जाने समय डेढ महिना घर्किसकसेको छ । संसद सचिवालय पनि अब जतिसुकै दुत्र गतिमा हिडेपनि माघ ८ मा संविधान जारी गर्न नसकिने निस्कर्षमा छ । अघिल्लो मस्यौदा समितिका एक सदस्यले अब प्रक्रियामा नगई संविधान जारी गर्नेमात्रै पनि माघ ८ मा संविधान आउने सम्भावना कठिन रहेको बताए ।


  •  
  •  
  •