सम्वाद समिति सहमतिका लागि सक्रिय

66
  •  
  •  
  •  

काठमाडौं ४ असोज (ओएनएस) : असोज १४ गतेसम्मको समयसीमा पाएको राजनीतिक सम्वाद तथा सहमति समितिले सहमतिको प्रक्रिया जारी राखेको छ । संविधानसभा अन्तरर्गतको संवैधानिक राजनीतिक संवाद तथा सहमति जुटाउन आज पनि छलफल हुँदैछ । दिउँसो १ बजे सिंहदरबारमा बैठक बस्न लागेको संसद सचिवालयका प्रवत्ता मुकुन्द शर्माले जानकारी दिए ।

संविधानसभाका अन्र्तवस्तुमा सहमति जुटाउन १२ दिनको समय पाएको संवाद समितिले संविधानका विवादित विषयमा सहमति जुटाउन अव छलफललाई निरन्तरता दिने भएको हो । गएको विहिबार बसेको संविधानसभा बैठकले आगामी २१ गतेभित्र सहमति र असहमतिका विषय छुट्टाएर फरक–फरक प्रतिवेदन पेस गर्न पनि निर्देशन दिएको छ । संविधानसभाले अहिलेसम्म सहमति निर्माण भएका विषय मस्यौदा समितिमा पठाएको छ भने असहमतिका विषय सहमति निर्माणका लागि संवाद समितिमा फिर्ता पठाएको छ ।


  •  
  •  
  •