यसरी खोजिदैछ संविधान ल्याउने छोटो बाटो

115
  •  
  •  
  •  

काठमाडौं, १८ असार (ओएनएस) : नेपालको संविधान २०७२ को पहिलो मस्यौदामाथि शुक्रबारदेखि छलफल सुरु हुने भएको छ । संविधानसभामा सभासदहरुले मस्यौदामा अाफ्नो मतसहित छलफल गर्नेछन् । सभासदलाई एक जना बराबर तीन मिनेटको समय छुट्याइएको छ । प्रमुख तीन दलका सभासदले समेसम्म नबोल्ने र दुईदिनमा छलफल सक्ने तयारी छ।

सदस्यहरुले उठाएका प्रश्नको समिति सभापति सिटौलाले जवाफ दिएपछि जनताको प्रतिकिृया र राय सुझाव संकलनका लागि राजपत्रमा प्रकाशित गर्न र जनतामाझ लैजान नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिमा पठाउने प्रस्ताव राखेको छ । सार्वजनिक सञ्चारमाध्यममा प्रकाशित र प्रसारण गरेर रायसुझावका लागि बढीमा सातदेखि १० दिन छुटाउने तयारी छ । कार्यतालिका भने बनेको छैन । नागरिकबाट आएका सुझाव मिलाएर संविधानसभामा पेश गर्न कम्तिमा ३ दिन लाग्ने अनुमान छ ।

संवाद समितिले तयार पारेको प्रतिवेदन फेरि संविधानसभा हुँदै मस्यौदा समितिमा विधेयक निर्माणका लागि पठाउने पर्छ । विधेयक निर्माणका लागि पनि कम्तिमा ७ दिन चाहिने छलफल भएको छ । मधेसी दलका केही सभासदले बिहिबार नियम निलम्बनको संविधानसभाभित्रै विरोध गरेका थिए । शुक्रबार पनि मधेसी दलका केही सभासदले विरोध गर्ने तयारी गरेका छन् । तर प्रमुख तीन दलले विरोधकाबीच पनि संविधान लेखनको काम नरोकिने बताएका छन्संविधानसभाको बैठक दिउँसो १ बजे बोलाइएको संविधानसभा सचिवालयले जनाएको छ ।


  •  
  •  
  •