फास्ट ट्रयाकमा गए अबको २२ दिनमा संविधान

115
  •  
  •  
  •  

काठमाडौं, १७ असार (ओएनएस) : संविधानको प्रारम्भिक मस्यौदामाथि आज संविधानसभामा छलफल हुँदैछ । संविधान मस्यौदा समितिले बुझाएको मस्यौदाका सम्बन्धमा संविधानसभा बैठकमा सभासद्हरुबाट सुझाव दिईने छ । संविधानसभाको बैठक बिहान ११ बजे बोलाइएको छ । संविधानसभाले पारित गरेको नियमावलीअनुसार जाँदा संविधान बन्न अब करिब चार महिना लाग्छ । माघ ८ पछि नयाँ कार्यतालिका नबन्दा छिटोसक्ने छोटो कार्यतालिका बनाएर संविधान ल्याउने तयारी छ ।

माघ ८ गते संविधान ल्याउने गरि बनाएको कार्यतालिका अनुसार सबै प्रक्रिया पुरा गर्न संविधान आउन क्मितमा चार महिना लाग्छ । तर, दलहरुको १६ बुँदे सहमति अनुसार अब असारभित्रै संविधान जारी गर्न धेरैजसो प्रक्रिया र नियम निलम्बन गरिदैछ । कार्यतालिका बारे आज बिहीबार छलफल हुँदैछ । आजदेखि संविधानमा छलफल सुरु हुनेछ प्रारम्भिक तयारी हनुसार त्यो छलफल तीनदिनमा नै सक्ने तयारी छ । एकजना सभासदलाई बढीमा ३ मिनेटको समय बढीमा ३ सय सभासदले बोल्ने र १५ घण्टामा छलफल सकिने प्रारम्भिक अनुमान छ । त्यस अवस्थामा बिहिबारदेखि शुरु हुने छलफल कम्तिमा ३ दिन चल्ने छ ।

सदस्यहरुले उठाएका प्रश्नको समिति सभापति सिटौलाले जवाफ दिएपछि जनताको प्रतिकिृया र राय सुझाव संकलनका लागि राजपत्रमा प्रकाशित गर्न र जनतामाझ लैजान नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिमा पठाउने प्रस्ताव राखेको छ । तर समितिको प्रस्ताव अनुसार नभई दलहरूको तयारीअनुसार फास्ट ट्याकमा जाँदा सार्वजनिक सञ्चारमाध्यममा प्रकाशित र प्रसारण गरेर रायसुझावका लागि बढीमा पाँच दिन छुटाउने तयारी छ ।

यद्धपी सत्तासिन दलभित्रै कुरा भने मिलेको छैन । कांग्रेस कम्तिमा १५ दिन छुट्याउनुपर्ने अडानमा छ । नागरिकबाट आएका सुझाव मिलाएर संविधानसभामा पेश गर्न कम्तिमा ३ दिन लाग्ने अनुमान छ । संवाद समितिले तयार पारेको प्रतिवेदन फेरि संविधानसभा हुँदै मस्यौदा समितिमा विधेयक निर्माणका लागि पठाउने पर्छ । विधेयक निर्माणका लागि पनि कम्तिमा ७ दिन चाहिने छलफल भएको छ ।
सर्वसम्मतिले पारित भएका विषय बाहेक विवादित विषयलाई नियमावली अनुसार मतदानको प्रक्रियाद्धारा निणर्य गर्नुपर्ने भएकाले त्यसका लागि पनि कम्तिमा एक हप्ता आबश्यक हुनेछ ।

दलहरुबीच कुनैपनि अवरोध नभए र उनीहरुले भनेको सुपर फास्ट्रयाकमा गए कम्तिमा २१–२२ दिन लाग्छ र साउनको पहिलो हप्ता नेपाली नागरिकले संविधान पाउने छन् । तर अधिवक्ता विपीन अधिकारी दलहरुको विवाद हेर्दा भदौअघि संविधान नआउने बताउँछन् । ‘भदौअघि संविधान आउने देखिन्न’ उनले भने, ‘नागरिकलाई समय दिनुपर्छ फास्टट्याकका नाममा धेरै हतार गर्नुपनि हुन्न ।’


  •  
  •  
  •