संविधानसभाको बैठक फेरि पर सर्दै

119
  •  
  •  
  •  

काठमाडौं ३० चैत (ओएनएस) : संविधानसभाको बैठक केहीदिन पर सर्ने भएको छ । आज तय गरिएको संविधानसभाको बैठक प्रस्तावमा प्रवेश नगरि सकिने भएको छ । पूर्व सांसद् सलिम मियाँ अन्सारीको निधनका कारण संविधानसभाको आज बैठक शोक प्रस्ताव पारित गरेर पछि सार्ने तयारी छ ।

संविधानसभा सचिवालयका अनुसार ५ दिन दलहरुलाई सहमतिका लागि समय दिन बैठक पछि सार्ने तयारी छ । प्रधानमन्त्री सुशील कोइरालाले आइतबार संविधानसभाका अध्यक्षलाई भेटी केही दिन बैठक पछि सार्न आग्रह गरका थिए ।

यसअघिको बैठकपनि शोक प्रस्ताव पारित गर्दै सात दिन पर सारेर आजका लागि बोलाइएको हो । यसअघि चैत २३ मा बसेको संविधानसभाको बैठक पूर्व सभासद् रामनाथ ढकाल र पूर्व सांसद महेन्द्र यादवको निधनप्रति शोक प्रस्ताव पारित गरी सोमबारसम्मका लागि स्थगित भएको थियो । शोक प्रस्ताव परित गरेको बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने संसदीय अभ्यास छ ।


  •  
  •  
  •