संविधान निर्माणमा विदेशीको चासो

143
  •  
  •  
  •  

काठमाडौं २७ चैत (ओएनएस) : संविधान निर्माण प्रक्रिया र दलहरुबीचको विवादका विषयमा विदेशीको चासो बढेको छ । नेपाल भ्रमणमा रहेको युरोपेली युनिनको टोलीले संविधान बन्ने कुरामा नै शंका व्यक्त गरेको छ । राष्ट्रपतिदेखि दलकानेतासँग छलफल गरिसकेको टोलीले आज प्रधानमन्त्रीसँग छलफल गर्दैछ ।

प्रधानमन्त्री सुशील कोइरालासँग बिहान बालुवाटारमा छलफल हुनेछ । नेपालको संविधान निर्माण प्रक्रिया, विकासमा भइरहेका प्रगति लगायतका विषयमा बुझ्न आएको टोलीले त्यसै विषयमा प्रधानमन्त्रीसँग जानकारी लिनेछ । ईयुको टोलीले पहिलो संविधानसभा विघटन भएको र दोस्रो सभालेपनि संविधान दिन सक्ने अन्यौलरहेपछि तेस्रो संविधानसभाको चुनावबारे चासो राखेकोछ ।

यसअघि टोलीले राष्ट्रपति,सभामुखदेखि राजनीतिक दलका प्रमुख नेताहरुसँगको भेटमा पनि त्यस्तै जिज्ञासा राखेको बुझिएको छ । बिहान साढे ९ बजेपछि हुने भेटवार्ताका सबै विषयमा छलफल हुने प्रधानमान्त्रीको सचिवालयले जनाएको छ । एसिया मामिला हेर्ने सांसदको प्रतिनिधिमण्डलले बुधवानर काठमाण्डु आइपुगेको हो । जिन लाम्बार्ट नेतृत्वको चार सदस्यले संविधान आउने आशंका गरेको छ ।


  •  
  •  
  •