संविधानका विषयबस्तुमा आजदेखि संविधानसभामा छलफल

75
  •  
  •  
  •  

काठमाडौं २७ भदौ (ओएनएस) : संविधानका विषयबस्तुमा आजदेखि संविधानसभामा छलफल हुने भएको छ। हिजोको संविधानसभा बैठकमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन पेश गरेपछि आजदेखि छलफल हुन लागेको हो । अघिल्लो संविधानसभाले पहिलो मस्यौदा तयार पार्ने उद्देश्यले सभाको पूर्ण बैठकमा सामग्री प्रस्तुत नै गर्न सकेको थिएन।

बिहान ११ बजे संविधानसभा भवन नयाँ वानेश्वरमा बस्न लागेको संविधानसभाको ५३ औ बैठकमा हिजो पेश भएको प्रतिवेदनमा सभासदहरुले धारणा राख्ने संसद सचिवालयका प्रवत्ता मुकुन्द शर्माले जानकारी दिए । लगातार छलफल पछि सहमति भएका विष्य मस्यौदा समितिमा र विमतिका विषय फेरी संवैधानिक संवाद तथा सहमति समितिमा नै फिर्ता गरिनेछ ।


  •  
  •  
  •