संविधानका विवादित विषयमा आज प्रश्न बनाइदै

239
  •  
  •  
  •  

काठमाडौं २० माघ (ओएनएस) ; नयाँ संविधानका अन्तर्वस्तुका विवादित विषयमा आज प्रश्न तयार हुने भएको छ । संविधानसभाद्वारा गठित प्रस्ताव निर्माण समितिले सात शीर्षकमा प्रश्न तयार पार्ने तयारी गरेको छ। समितिले प्रस्तावना, मौलिक हक, संवैधानिक निकाय, न्याय प्रणाली, शासकीय स्वरुप, व्यवस्थापिका स्वरुप र राज्य पुनःसंरचना शीर्षकअन्तर्गत विवादित विषयका प्रश्न तयार गर्नेछ। करिब एक सय प्रश्न हुने एक सदस्यले बताए ।

सोमबार समितिको बैठकले नेकपा एमालेका प्रमुख सचेतक अग्नि खरेलको संयोजकत्वमा ९ सदस्यीय प्रश्न निर्माण उपसमिति गठन गरी तयारी अघि बढाएको हो।

असहमतिका विषयलाई मतदान प्रक्रियामा लैजाँदा बुझ्न सहज र सजिलो हुने गरी प्रश्न तयार पारिने संयोजक खरेलले बताए ।   बिहान ९ बजे उपसमिति बैठकले तयार गरेका प्रश्न दिउँसो ३ बजे समितिको पूर्ण बैठक आह्वान गरिएको छ। बहुमतीय प्रक्रियाको विरोध गर्दै आएको एकीकृत नेकपा माओवादीसहितको मोर्चाले समिति बैठक पनि बहिष्कार गरेको छ।
समितिको आइतबार पारित कार्यविधिअनुसार गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशीकरणजस्ता विषयमा प्रश्न राखिनेछैन।


  •  
  •  
  •