प्रश्नावली बनाउन अग्नि खरेलको नेतृत्वमा उपसमिति गठन

262
  •  
  •  
  •  

काठमाडौं १९ माघ (ओएनएस) :  संविधानका विवादित विषयमा प्रश्नावली बनाउन उपसमिति गठन गरिएको छ । संविधानसभाको प्रस्ताव निर्माण समितिले सहमति हुन नसकेका विषयमा प्रश्नावली मस्यौदा बनाएर पेश गर्न सोमवार उपसमिति गठन गरेको छ ।

एमालेका प्रमुख सचेतक अग्नि खरेलको संयोजकत्वमा गठित ९ सदस्यीय समितिलाई एक दिनको समय दिइएको छ । प्रस्ताव मस्यौदा उपसमितिले भोलि मंगलवार प्रश्नहरुको मस्यौदा बनाएर समितिको बैठकमा पेश गर्ने सदस्य श्रीमाया थकालीले जानकारी दिइन । उनका अनुसार उपसमितिमा   रमेश लेखक, राधेश्याम अधिकारी, श्रीमाया थकाली र कृष्णभक्त पोखरेल सदस्य छन् । त्यस्तै नेकपा मालेका सीपी मैनाली, अखण्ड नेपाल पार्टीका कुमार खड्का र स्वतन्त्र सभासद अतहर कमाल मुसलमान पनि उपसमितिमा सदस्य छन् ।

प्रश्नावली प्रस्ताव समितिको बैठक मंगलबार ३ बजे बोलाइएको छ । गणतन्त्र, धर्म निरपेक्ष र संघीयताको असहमतिका विषयमा प्रश्नावली नबनाउने निर्णय भइसकेकाले अब बाँकी विवादित विषयमा मात्र प्रश्न बन्नेछ ।


  •  
  •  
  •