संविधानसभाको बैठक एक दिन सर्‍यो

83
  •  
  •  
  •  

काठमाडौ, ३० पुस (ओएनएस) : माघ १ गतेलाई डाकिएको संविधानको बैठक एक दिन सरेको छ । थारु सभासदहरुले माघीको बिदा दिन आग्रहपछि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बैठक माघ २ मा बोलाएका छन् ।

बैठक सुचना टास गरेर स्थगित गरिएको हो । बैठक शुक्रबार विहान १० बजेको लागि बोलाइएको छ ।

त्यसअघि नेम्वाङले प्रमुख दलका प्रमुख सचेतकसँग बैठक सार्नेबारे परामर्श लिएका थिए ।

मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमरा गच्छार नेतृत्वका थारु सभासदहरुले मंगलबार नै माघीको दिन संविधानसभाको बैठक राखिएको भन्दै सार्न आग्रह गरेका थिए ।

भोलि बिहिबारको लागि बोलाइएको बैठकमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवदेनमाथि छलफल गर्ने कार्यक्रम तय भएको थियो ।


  •  
  •  
  •