सोमबारको संविधानसभा बैठकपनि शोक प्रस्ताव पारित गरेर स्थगित हुने

330
  •  
  •  
  •  

biccकाठमाडौं, २९ चैत (ओएनएस) :  सोमबारको लागि बोलाइएको संविधानसभाको बैठक पनि शोक प्रस्ताव पारित गरेर स्थतिगत हुने भएको छ ।

यसअघि गत २३ गतेको बैठक पनि पूर्वसभासदद्वय रामनाथ ढकाल र महेन्द्र यादवको शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो ।

सोमबारको बैठक पूर्वमन्त्री तथा सांसद सलिम मिँया अन्सारीको शोक प्रस्ताव पारित गर्दै स्थगित हुन लागेको हो । पूर्वमन्त्री अन्सारीको शनिबार राती १ बजे निधन भएको थियो ।

शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत पूर्वमन्त्री अन्सारीको मृगौलाको समस्याबाट ग्रसित थिए ।

पछिल्लो समयमा एमाओवादीमा रहेका उनलाई एमाओवादीका नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए । उनी एमालेबाट पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा दरबारनिकट भएपछि वन तथा भू(संरक्षणमन्त्री बनेका थिए ।


  •  
  •  
  •