संवादबाट समस्याको हल गर्न सभाध्यक्षको आग्रह, संविधानसभाको बैठक आधा घण्टा स्थगित

100
  •  
  •  
  •  

काठमाडौ, ८ माघ (ओएनएस)  : संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दलहरुलाई सहमति र संवादबाट समस्याको हल गर्न आग्रह गर्दै बिहिबारको लागि बोलाइएको बैठक आधा घण्टाको लागि स्थगित गरेका छन् ।

यसअघि ११ बजेको लागि बोलाइएको बैठक ४५ मिनेट ढिलो गरि सुरु हुनै लाग्दा एमाओवादी लगायतका विपक्षी सभासदहरुले नाराबाजी गर्दै अबरुद्ध गरेका थिए । विपक्षी सभासदहरुले झण्डै २ घण्टासम्म कुर्सिबाट उठेर रोष्टम अगाडि नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका थिए ।

विपक्षीहरुले लगातार नाराबाजी गरेपछि सभाध्यक्ष नेम्वाङले दलहरुलाई संवादबाट समस्याको हल गर्न आग्रह गरे । साथै उनले आज संविधान जारी गर्न नसकेपछि सबै दलका नेताहरुले रोष्टममा उभिएर ‘संविधान बन्न नसक्नुको कारण भन्छन्’ भन्ने आफुलाई लागेको बताउँदै त्यसो हुन नसक्दा दुखि भएको बताए ।

सबै जनताको अपेक्षा सहमति र संवादबाट संविधान ल्याउनु पर्ने बताएको बताउँदै नेम्वाङले रोडबाट कुर्सिमा जान विपक्षी सभासदहरुलाई आग्रह गरेका थिए । सभाध्यक्षले संवादबाट संविधान ल्याउनुपर्छ भन्दै गर्दा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले हो भन्ने भावले टाउको हल्लाएका थिए ।

संविधानसभाको बैठक गत सोमबार रातिबाट लागतार अवरुद्ध हुँदै आएको छ । विपक्षीहरुले प्रश्नवाली समिति बनाउने प्रक्रियाको विरोधमा नाराबाजी गरेका हुन् । यसअघि सोमबार राति संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रश्नावली निर्माण समिति गठन गरियोस् भन्ने प्रस्ताव राख्न कांग्रे्स प्रमुख सचेतक चीनकाजी श्रेष्ठलाई अनुमति विपक्षी सभासद् रोष्ट्रमतर्फ अघि बढेपछि संविधानसभा हल रणभूमिमा परिणत भएको थियो ।


  •  
  •  
  •