शोक प्रस्ताव पारित गर्दै संविधानसभा बैठक स्थगित

248
  •  
  •  
  •  

काठमाडौ, ७ माघ (ओएनएस) : एमालेका पूर्वसभासद् गोपालसिंह बोहोराको निधनमा शोक प्रस्ताव पारित गर्दै संविधानसभाको बैठक बिहिबार ११ बजेसम्मको लागि स्थगित भएको छ ।

मुटुरोगबाट पीडित बोहोराको उपचारकोक्रममा मंगलबार राति निधन भएको हो । उनी पहिलो संविधानसभामा एमालेको समानुपातिक सभासद थिए ।

यसअघि बुधबार ११ बजेको लागि बोलाइएको संविधानसभाको बैठक सुरु नहुँदै एमाओवादी लगायतका विपक्षी सभासदहरुलाई नाराबाजी गर्दै अवरोध गरेपछि संविधानसभाको बैठक साढे १ बजेसम्मको लागि स्थगित भएको थियो ।

यसअघि मंगलबारको लागि बोलाइएको संविधानसभाको बैठक सुरु नहुँदै एमाओवादी लगायतका विपक्षी सभासदहरुलाई नाराबाजी गर्दै अवरोध गरेपछि संविधानसभाको बैठक बुधबार विहान ११ बजेसम्मको लागि स्थागित भएको थियो ।

विपक्षीहरुले प्रश्नवाली समिति बनाउने प्रक्रियाको विरोधमा नाराबाजी गरेका हुन् । यसअघि सोमबार राति संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रश्नावली निर्माण समिति गठन गरियोस् भन्ने प्रस्ताव राख्न कांग्रे्स प्रमुख सचेतक चीनकाजी श्रेष्ठलाई अनुमति दिएलगत्तै एकजना एमाओवादी सभासद् रोष्ट्रमतर्फ अघि बढेपछि संविधानसभा हल रणभूमिमा परिणत भएको थियो । त्यसयता संविधानसभाको बैठक अबरुद्ध हुँदै आएको छ ।


  •  
  •  
  •