विपक्षीले नाराबाजी गरेपछि संविधानसभा बैठक फेरि स्थगित

308
  •  
  •  
  •  

काठमाडौं, ७ माघ (ओएनएस) : बुधबार ११ बजेको लागि बोलाइएको संविधानसभाको बैठक सुरु नहुँदै एमाओवादी लगायतका विपक्षी सभासदहरुलाई नाराबाजी  गर्दै अवरोध गरेपछि संविधानसभाको बैठक साढे १ बजेसम्मको लागि स्थगित भएको छ ।

बैठक सुरु हुन लाग्दा विपक्षी सभासदहरुले नाराबाजी गर्न थालेपछि बैठक सभाध्यक्ष सुवास नेम्वाङले बैठक स्थगित गरेका हुन् ।

यसअघि मंगलबारको लागि बोलाइएको संविधानसभाको बैठक सुरु नहुँदै एमाओवादी लगायतका विपक्षी सभासदहरुलाई नाराबाजी गर्दै अवरोध गरेपछि संविधानसभाको बैठक बुधबार विहान ११ बजेसम्मको लागि स्थागित भएको थियो ।  विपक्षी सभासदहरुले नाराबाजी जारी राखेपछि नेम्वाङले बैठक स्थगित गरेका थिए ।

विपक्षीहरुले प्रश्नवाली समिति बनाउने प्रक्रियाको विरोधमा नाराबाजी गरेका हुन् । यसअघि सोमबार राति संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रश्नावली निर्माण समिति गठन गरियोस् भन्ने प्रस्ताव राख्न कांग्रे्स प्रमुख सचेतक चीनकाजी श्रेष्ठलाई अनुमति दिएलगत्तै एकजना एमाओवादी सभासद् रोष्ट्रमतर्फ अघि बढेपछि संविधानसभा हल रणभूमिमा परिणत भएको थियो ।

त्यसयता संविधानसभाको बैठक अबरुद्ध हुँदै आएको छ । एमाओवादी सभासदहरु जनार्दन शर्मा, शिवनारायण मण्डल, अमनलाल मोदीलगायत दर्जनौं सभासद्ले सभामुखको रोष्ट्रममा आक्रमण गर्ने क्रममा कुर्सिहरु तोडफोड गरेका थिए ।

सोमबार राति बैठक स्थगित भएलगत्तै नाराबाजीमा उत्रिएका एमाओवादी सभासदहरुले आफू बसेको कुर्सी भाँच्न थालेका थिए । उनीहरुले यतिसम्म गरे कि, कुर्सीका माइक भाँच्दै मर्यादा पालकमाथि आक्रमण गर्न थालेपछि स्थिति रक्तपातपूर्ण हुने अवस्थामा पुगेको थियो ।


  •  
  •  
  •