विपक्षीले नाराबाजी गरेपछि संविधानसभा बैठक स्थगित

192
  •  
  •  
  •  

काठमाडौ, ६ माघ (ओएनएस) : मंगलबारको लागि बोलाइएको संविधानसभाको बैठक सुरु नहुँदै एमाओवादी लगायतका विपक्षी सभासदहरुलाई नारीबाजी गर्दै अवरोध गरेपछि संविधानसभाको बैठक बुधबार विहान ११ बजेसम्मको लागि स्थागित भएको छ ।

विपक्षी सभासदको करिव एक घण्टासम्म नाराबाजी गरेपछि सभाध्यक्ष सुवास नेम्वाङले आफ्नो आसनमा बस्न अग्रह गरेका थिए । सभाध्यक्षको अग्राहलाई विपक्षी सभासदहरुले नाराबाजी जारी राखेपछि नेम्वाङले बैठक स्थगित गरेका हुन् । विपक्षीहरुले प्रक्रियाबाट संविधान ल्याउन पाइदै भनेर नाराबाजी गरेका थिए ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता डा. बाबुराम भट्टराई लागयतका शीर्ष नेताहरु पनि आफ्नो स्थानबाट उठेर नाराबाजी गरेका थिए । विपक्षीहरुले प्रश्नवाली समिति बनाउने प्रक्रियाको विरोधमा नाराबाजी गरेका थिए ।

यसअघि सोमबार राति संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रश्नावली निर्माण समिति गठन गरियोस् भन्ने प्रस्ताव राख्न कांग्रे्स प्रमुख सचेतक चीनकाजी श्रेष्ठलाई अनुमति दिएलगत्तै एकजना एमाओवादी सभासद् रोष्ट्रमतर्फ अघि बढेपछि संविधानसभा हल रणभूमिमा परिणत भएको थियो ।

एमाओवादी सभासदहरु जनार्दन शर्मा, शिवनारायण मण्डल, अमनलाल मोदीलगायत दर्जनौं सभासद्ले सभामुखको रोष्ट्रममा आक्रमण गर्ने क्रममा कुर्सिहरु तोडफोड गरेका थिए । यस्तै माइक भाँच्दै नेम्वाङमाथि आक्रमण प्रयास गरे भने एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विद्यादेवी भण्डारी, एमाले सभासद् ऋषि पोखरेलमाथि माइकले आक्रमण गरेका थिए । ओलीको छातीमा माइक प्रहार भयो भने भण्डारीको खुट्टामा चोट लागेको छ ।

बैठक स्थगित भएलगत्तै नाराबाजीमा उत्रिएका एमाओवादी सभासदहरुले आफू बसेको कुर्सी भाँच्न थालेका थिए । उनीहरुले यतिसम्म गरे कि, कुर्सीका माइक भाँच्दै मर्यादा पालकमाथि आक्रमण गर्न थालेपछि स्थिति रक्तपातपूर्ण हुने अवस्थामा पुगेको थियो ।


  •  
  •  
  •