महतोमाथिको आक्रमणको विरोधमा संसदमा नाराबाजी

175
  •  
  •  
  •  

काठमाडौँ, १२ पुस(ओएनएस) : विराटनगरमा धर्नामा बसिरहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि आक्रमण गरेर घाइते बनाएको भन्दै मधेसी मोर्चामा आवद्ध सांसदहरुले संसद बैठकमा नाराबाजी गरेका छन् ।

आजको संसद बैठक सुरू भएलगत्तै मधेसी मोर्चाले गरेको नाराबाजी सुरू गरेको थियो । तर, नाराबाजीकाबीच गृहमन्त्री शक्ति बस्नेतले जनकपुर घटनाबारे संसदलाई जानकारी दिएका छन् ।

गृहमन्त्री बस्नेतले जनकपुर घटनामा संलग्न भएको आरोपमा १५ जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् । उनले तीमध्ये तीनजनालाई सार्वजनिक अपराध र एकजनालाई प्राचीन स्मारक ऐनअनुसार मुद्दा चलाइएको सांसदलाई बताए ।

नाराबाजी सुरू गरेपछि सभामुख ओनसरी घर्तीले सद्भावना पार्टीका सांसद नरसिंह चौधरीलाई समय दिएकी थिइन् । सांसद चौधरीले विराटनगरमा धर्नामा बसेकाहरुमाथि सरकारले बर्बरतापूवर्क दमन गरेको भन्दै आलोचना गरेका थिए । उनले आफूहरूमाथि गरिएको दमनले आफूहरूलाई देश नागरिकनै होइन कि भन्ने सरकारको सोच रहेको हो की भन्ने आशंका समेत व्यक्त गरेका छन् ।

उनले विराटनगर घटनामा सरकारले माफी माग्नु पर्ने बताए ।


  •  
  •  
  •