तोकिएला त आज संविधानसभा बैठकको समय ?

144
  •  
  •  
  •  

काठमाडौं १५ चैत (ओएनएस) : सहमतिका लागि संविधानसभाका अध्यक्ष सुवाचन्द्र नेम्वाङले दिएको समयसीमा आज सकिदैछ । तर, दलहरुबीच सहमतिको सम्भावना देखिएको छैन । पछिल्लो पटक सभाध्यक्ष नेम्वाङले सहमतिका लागि दलहरुलाई आज साँझ ५ बजेसम्मको समयसीमा दिएका छन् ।

यसअघि बुधबारसम्मको समय दिएका सभाध्यक्ष सुवासचन्द्र नेम्बाङले बुधबार नैं संविधानसभाको प्रमुख आठ दलका प्रमुख सचेतकलाई डाकेर १५ गतेसम्मको थप समय दिएका हुन् । १० दिनका लागि समय नतोकि स्थगित बैठक अर्को एक महिनासम्म चल्ने अवस्था नभएपछि दलहरुलाई आन्दोलनका कारण परिस्थिति थप नबिग्रियोस भनेर ११ गतेसम्मको सयम दिएको स्मरण गरे ।

उनले आफूले अब धेरै समय कुर्न नसक्ने प्रमुख सचेतकहरुलाई स्पष्ट जानकारी गराएको पनि बताएका छन् । आज साँझसम्म सहमति नभए आजै अर्को बैठकको समय तोक्ने सभाध्यक्षले तयारी गरेका छन् ।


  •  
  •  
  •