कार्यतालिका संशोधनका विषयमा सक्रियता

171
  •  
  •  
  •  

काठमाडौं १७ पुस (ओएनएस) : संविधान निर्माणको कार्यतालिका ससोधनका विषयमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले सत्रियता बढाएका छन् । आज कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा माघ ८ को समयसीमा र कार्यतालिका संसोधनका विषयमा छलफल हुनेछ ।

उनले दलहरुको प्रष्ट धारणा मागेर आफ्नो तर्फबाट प्रस्ताव पेश गर्नेछन् । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको आह्वानमा बिहान ९ बजे बैठक बोलाइएको छ । यसअघि हिजो नै सभाध्यक्ष नेम्वाङले कार्यव्यवस्थाको बैठक बोलाउनु भए पनि सबै शीर्ष नेता उपस्थित नभएकाले आजका लागि फेरि तय गरिएको हो ।

नेम्वाङ रणनीति

आजको बैठकमा नेम्वाङले शीर्ष नेतासँग माघ ८ मै संविधान जारी गर्न परिरहेको बाधालाई कसरी छोटो बाटोबाट टुंग्याउने भन्ने बारेमा छलफल गर्नेछन् । सभाध्यक्ष नेम्वाङले आज दिनभरि छलफल गराएर भए पनि संविधान निर्माण प्रक्रियालाई कसरी अघि बढाउने भन्ने टुंगो लगाउनु खोजेका छन् ।

पहिलो संविधानसभाको समेत अध्यक्ष भएकाले आफ्नो भूमिकामा समेत प्रश्न आउने देखेर सभाध्यक्ष नेम्वाङ केही दिन यता माघ ८ मै संविधान जारी गर्नका लागि पहल गरिरहनु भएको छ ।


  •  
  •  
  •