संविधानको कार्यतालिका संसोधन गर्न परामर्श समिति बैठक

175
  •  
  •  
  •  

ca-buildingकाठमाडौं १६ पुस (ओएनएस) :  संविधान निर्माणको कार्यतालिका ससोधनका विषयमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले सत्रियता बढाएका छन् । आज कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । बिहान साढे ११ बजे बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माद्द ८ को समयसीमा र कार्यतालिका संसोधनका विषयमा छलफल हुनेछ । हिजो विभिन्न दलका प्रमुख सचेतक तथा सचेतकहरुसँग छलफल गरेका सभाध्यक्ष नेम्वाङले आज शीर्ष नेताहरुलाई समेत बोलाएका छन् । उनले दलहरुको प्रष्ट धारणा मागेर आफ्नो तर्फबाट प्रस्ताव पेश गर्नेछन् ।

शीर्ष नेता नजाने
सभाध्यक्ष्य नेम्वाङले बोलाएको बैठकमा शीर्ष नेता भने जाने सम्भावना देखिएको छैन । प्रधानमन्त्री सुशिल कोईराला मेलमिलाप दिवसका अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सहभागी हुनद्धन् । ११ बजे नै कार्यक्रम राखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापामा छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मोर्चाकहो बैठक बोलाउने तयारी गरेका छन् । नेम्वाङले निश्चित समय सहमतिका लागि दिने र नभएमा प्रक्रियामा जानका लागि आफुलाई अनुमति दिन पनि आग्रह गर्नेछन् । आजै प्रमुख दलहरुले पनि छलफल गर्नेछन् । ।

दिउँसो १ बजे संविधानसभाको बैठक बस्दैछ । संविधानसभामा संवाद समितिको बैठकमाथि झण्डै दुई हप्तादेखि छलफल भइरहे पनि छलफलको औचित्य भने देखिएको छैन ।


  •  
  •  
  •