अनिश्चित कालका लागि स्थगित संविधान सभा भदौ २५ मा

111
  •  
  •  
  •  

काठमाडौं, २२ भदौ (ओएनएस) : संविधान सभाको राजनीतिक संवाद समितिले संविधानका अन्तरबस्तुमा सहमति भएका र सहमति जुटन बाँकी बिषयको मस्यौदा प्रतिवेदन संविधान सभा अध्यक्षसमक्ष पेश गरेको छ ।

संसद सचिवाल सिंहदरवारमा आयोजित कार्यक्रममा संवाद समितिका सभापति डा. बाबुराम भट्टराइले सभामुख सुवास नेम्वाङ समक्ष प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदन बुझाउँदै सभापति भट्टराइले विबादित बिषयमा सहमतिको नजिकै पुगिसकेका भएपनि समय सिमाका कारण पूरै सहमति हुन नसकेको बताए । उनले सहमतिको नजिक पुगेर पनि विबाद टुगाउन नसकेको जानकारी गराए । सहमति नभएका बिषय संविधान सभाबाट फेरि समितिमा आउने र सहमति कायम गरिने विश्वास व्यक्त गरे ।

प्रतिबेदन बुझ्दै संविधान सभा अध्यक्ष नेम्वाङले प्रयास गर्दा गर्दैपनि सोच अनुसार अनसार नहुनु दुखद भएपनि संविधान बन्ने आधार तयार भएको बताए । अध्यक्ष नेम्वाङले मुल कार्यतालिका प्रभावित नहुने गरी संवाद समितिलाइ समय दिइने जानकारी दिए ।

यसैबीच, विजनेस नपाएर अनिश्चित कालका लागि स्थगित भएको संविधान सभाको बैठक भदौ २५ गते बस्ने भएको छ । संवाद समितिको प्रतिवेदन माथी छलफल गर्न संविधान सभा बैठक बसने भएको हो । संसद सचिवाल स्रोतका अनुसार सोही दिन कार्यव्यबस्था समितिको बैठक राखिएको छ । सोही दिनको बैठकबाट कार्यतालिका संशोधन गरिने सचिवाल स्रोतले जनायो ।


  •  
  •  
  •