संसदीय समितिको नेतृत्व छान्ने मिति सर्यो

88
  •  
  •  
  •  

काठमाडौं ३ भदौ (ओएनएस) : प्रतिपक्षको अडानका कारण संसद बाढी पहिरोका नाममा स्थगित भएपछि संसदीय समितिको नेतृत्व पर सरेको छ । भोलि निर्धारित गरिएको चुनाव अब एक साता पछि मात्रै हुनेछ । ९ गते बस्ने व्यवस्थापिका संसदमा चुनावको बारेमा जानकारी गराउने र ११ गते चुनाव हुने संसद सचिवालयले जानाएको छ । भदौ ४ गतेका लागि निर्धारित समितिहरुको चुनाव अब भदौ ११ गते अपरान्ह मात्र हुने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले बताए ।

सोमबारको संसद बैठकबाट समितिका सदस्य हेरफेर गर्ने र चार गते चुनाव गर्ने कार्यक्रम थियो। चुनाव हुने ४८ घन्टा अगावै समितिका सदस्य हेरफेर गर्नुपर्ने हुन्छ।


  •  
  •  
  •