रातो किताव नछापिदा संसदमा नियमित विधेयक

149
  •  
  •  
  •  

काठमाडौं ११ साउन (ओएनएस) : रातो किताव छाप्न ढिलाई हुँदा व्यवस्था संसदमा विनियोजन विधेयक माथिको छलफलमा ढिलाई भएको छ । आज नियमित विधेयकले प्रवेश पाउने भएको छ। ब्यवस्थापिका संसदको बैठक आज बस्दैछ । दिउँसो संविधानसभा भवन नयाँ बानेश्रमा बस्ने बैठकमा विभिन्न विधेयकहरु पेस हुनेछन् ।

यसअघि व्यवस्थापिका–संसद्को बैठकमा प्रस्तुत विकेयक छलफलका लागि पेस हुने र नयाँ विधेयक पनि प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ । यसअघि स्थानीय स्यायत्त शासन, निजामति सेवा र राष्ट्रिय युवा परिषद्सम्बन्धी तीन विधेयक पनि प्रस्तुत भइसकेका छैन ।

विनियोजक विधेयक माथिको छलफलमा ढिलाई भएपछि नियमित विधेयकमा छलफल हुन लागेको हो । संसदको बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ । यसैबीच व्यवस्थापिका संसद अन्र्तगतका समितिहरुका बैठक अहिले बिहान बस्दैछन् ।


  •  
  •  
  •