कार्यकारी प्रमुखलाई अङ्कुश लगाउन दवाव

313
  •  
  •  
  •  

काठमाडौं ४ असार (ओएनएस) : संविधानसभाको बैठकमा कार्यकारी प्रमुखको अधिकार र चयनका विषयमा छलफल सुरु भएको छ । अधिकांश सभासदले सरकारको कार्यकारी प्रमुखलाई अङ्कुश लगाउन सकिएन भने अधिनायकवाद जन्मनसक्ने बताएका छन् । तत्कालीन राज्यको शासकीयस्वरूपा निर्धारण समितिको सहमति र असहमतिको निक्र्यौलसम्बन्धी प्रतिवेदन, २०७१ माथिको एकीकृत छलफलमा संसदीय व्यवस्थाका गुण र दोष अविश्वासको प्रस्ताव र कार्यकारी प्रमुख राष्ट्रप्रति वा प्रधानमन्त्री कसलाई दिने भन्ने विषयमा छलफल केन्द्रित छ ।

संविधानसभाको बैठक आज पनि बिहान ११ बजे बस्दैछ । छलफलमा काँग्रेसले संसदीय व्यवस्थामा अडान राखेको छ भने एमाले र एमाओवादीका सभासद्ले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणालीमा जानुपर्ने मत राखि रहेका छन् । कार्यकारी प्रमखुलाई कम्तीमा दुई वर्षसम्म अविश्वासको प्रस्ताव दर्ता नगर्ने हो भने राजनीतिले पनि गति लिने अधिकांश सभासद्को भनाइ थियो ।


  •  
  •  
  •