संविधानसभा सचिवालयमा खाजा–खाना नपाइने

95
  •  
  •  
  •  

काठमाडौँ, ३१ जेठ (ओएनएस) : संविधानसभाका सभासदहरुले संविधानसभा सचिवालयभित्रै केही समय खाजा र खाना खान नपाउने भएका छन् । संविधानसभा सचिवालयले संविधानसभा भवनभित्र सन्चालित चमेनागृहसँगको सम्झौता भङ्ग गरेपछि सभासदहरुलाई खाजा खान अर्को व्यवस्था नभएसम्मका लागि अप्ठ्यारो पर्ने भएको छ ।

जयसुमन जनशक्ति सेवा केन्द्र कम्पनी प्रालिद्वारा सचिवालयमा सञ्चालित चमेनागृहसँगको सम्झौता भङ्ग गरी चमेनागृह सञ्चालनमा रोक लगाएको छ । चमेनागृह व्यवस्थापन उपसमितिको निर्देशनअनुरुप जेठ २९ गतेदेखि संस्थासँग सम्झौता भङ्ग गरिएको सचिवालयले शनिबार विज्ञप्ती निकाली जानकारी दिएको छ ।

गरी चमेनागृह सञ्चालनमा रोक लगाइएको सचिवालयका प्रवक्ता मुकुन्द शर्माले पटकपटक सोधिएको स्पष्टीकरण र सुधारका लागि दिइएको निर्देशनअनुरुप गुणस्तर र सरसफाइमा ध्यान नदिएकाले सम्झौता भङ्ग गरेको बताइ ।

यसअघि सभासदहरुले नै खाना र खाजाको गुणस्तरका विषयमा प्रश्न उठाएका थिए । गुणस्तर सुधार गर्नुको सट्टा गुणस्तर र सरसफाइको अवस्था अझ नाजुक देखिएकाले उपसमितिको निर्देशनमा सो संस्थालाई चमेनागृह सञ्चालनमा रोक लगाइएको शर्माद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । अब संविधानसभाको चमेनागृह अल्फाविटा कम्लेक्सले सन्चालन गर्ने सचिवालय स्रोतले जनाएको छ ।


  •  
  •  
  •