संविधानसभा र संसदका १३ वटा समितिको बैठक आज एकै दिन

60
  •  
  •  
  •  

काठमाडौं २७ भदौ (ओएनएस) :  संविधान र ब्यवस्थापिका संसदका गरि १३ वटा समितिको बैठक आज एकै दिन बस्दैछ । संविधानसभाका महत्वपूर्ण पाँचवटा समितिको बैठक एकै पटक बिहान बोलाइएको छ । त्यस्तै ब्यवस्थापिका संसदमा ६ वटा समितिका बैठक पनि बिहान एकै पटक बोलाइएको छ । संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा संविधानसभाको कार्यतालिका विषयमा छलफल हुनेछ ।

सहमति र असहमति सहितको प्रतिवेदन संविधानसभामा पेस भइसकेकाले सहमतिका लागि आबश्यक समय थप गर्न आग्रह गर्ने विषयमा समितिका सभापति बाबुराम भट्टराईले प्रस्ताव गरेपछि त्यसमा छलफल हुनेछ । बैठक बिहान ११ बजे बोलाइएको छ । त्यस्तै संविधान अभिलेख अध्ययन तथा निक्र्योल समिति, संविधान मस्यौदा समिति, नागरिक सम्बन्ध तथा संविधान सुझाव समिति र क्षमता अभिवृद्धि तथा स्रोत ब्यवस्थापन समितिको बैठक पनि बिहान ११ बजे नै बोलाइएको छ ।

सबै बैठक संविधानसभा भवन नयाँ बानेश्वरमा बस्नेछन् । त्यस्तै व्यवस्थापिका संसद अन्र्तगतका ५ वटा समितिका बैठक बिहान ८ बजे सिंहदरबारमा बोलाइएको छ । अर्थ समितिको बैठक दिउँसो ३ बजे बस्नेछ । बिहान अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति, सामाजिक न्याय तथा मानव अधिकार समिति, कृषि तथा जलस्रोत समिति र विकास समितिको बैठक बोलाइएको छ ।


  •  
  •  
  •