काठमाडौंं २६ भदौ (ओएनएस) :
दलहरुबीच कार्यतालिकाका विषयमा नै विवाद भएका बेला संविधानसभाको बैठक आज बस्दैछ । संवैधानिक राजनीतिक संवाद समितिको प्रतिवेदन छपाइमा ढिला भएपछि संविधान सभाको बैठक बिहीबार बस्ने भएको छ । संविधानसभा कार्यव्यबस्था परामर्श समितिको बैठकले संविधानसभाको बैठक साझ ५ बजेका लागि राख्ने निर्णय गरेको हो । राजनीतिक संवाद समितिले सहमति र असहमतिको प्रतिवेदन तयार गरेपछि यसअघि अनिश्चित कालका लागि स्थगित संविधानसभा बुधबार बस्ने तयारी थियो ।
संवाद समितिको प्रतिवेदनमाथि आइतबारदेखी छलफल गर्ने संसद सचिवालयको तयारी छ । संविधानसभाको बैठक अघि परामर्श समितिको बैठक बसेर सहमतिको समय थप गर्ने वा प्रक्रियामा जाने भन्ने विषयमा सहमति गर्नेछ । सहमतिका लागि भदौ २१ गतेसम्मको समयसीमा दलहरु असफल भएपछि समय बढाउने वा प्रक्रिया(चुनाव)मा जाने भन्नेमा विवाद नै छ ।