संविधानका विवादित विषयमा सहमति खोज्न छलफल तिब्र

102
  •  
  •  
  •  

काठमाडौं १५ भदौ (ओएनएस) :  विवाद समाधानगर्नेसमय छोटिदै जाँदा दलहरुले संविधानका विवादित विषयमा सहमतिको प्रयास तिब्र पारेका छन् । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले समिति रभित्र रबाहिर छलफल जारी राखेको छ । समितिले आज सबै दलका शीर्ष नेता सहितको छलफल बोलाएको छ । समितिमा पनि दलका नेताहरु सदस्यका रुपमा छन् । अघिल्लो संविधानसभााका सबै असहमतिको बुँदामा सहमति जुटाउने प्रयास थालेको समितिकासदस्इ लक्ष्मण लाल कर्णले जानकारी दिए । उनका अनुसार बैठक अहिले बसिरहेको छ । प्रमुख दलका प्रमुख नेताहरुले छिटो सहमतिका लागि विकल्प खोजेर तोकिएको समयमा संविधान जारी गर्नुपर्ने विषयमा बैठकमा छलफल गर्ने भएका हुन् । संविधानसभाको कार्यतालिका अनुसार अबको एक साता भित्र सहमति जुटाइसक्नु पर्ने भएकाले दलहरु छलफलमा जुटेका हुन् । संविधानका मुख्य विवादित विषय राज्यको पुनरसंरचना, शासकीय स्वरुप, न्याय प्रणालीका विषयमा दलहरुबीच फरक फरक मत छ ।


  •  
  •  
  •