काठमाडौं १० भदौ (ओएनएस) :
संविधानसभा मातहतको संवैधानिक राजनीतिक संवाद सहमति समितिले संविधानको प्रस्तावनामा छलफल सुरु गरेको छ । सिंहदरबारमा जारी बैठकमा प्रस्तावित नयाँ संविधानको प्रस्तावना लगायतका बिषयमा छलफल सुरु भएको छ । संविधानका बिबादित बिषयमा सहमति जुटाइसक्नुपर्ने दिन नजिकिदै गर्दा समितिले छलफललाई तीब्रता दिएको हो । सत्तासिन दलले पनि संघीयता, शासकीय स्वरूप, न्याय प्रणालीलगायतका विषयमा सत्ताघटक दलबीच सकेसम्म समान धारणा बनाएर जाने सहमति जनाएका छन् । डा बाबुराम भट्टराई नेतृत्वको समितिले हिजो संविधानमा न्यायप्रणालीको बारेमा जारी दलहरुबीचको विवाद समाधानका लागि प्रधानन्यायाधीश लगायत अन्य न्याधीहशरुसँग पनि छलफल गरेर सहमतिमा पुग्ने निर्णय गरेको थियो ।