संविधानसभा बारिहका दलहरूसँग वार्ता गर्न माग

122
  •  
  •  
  •  

काठमाडौं, २१ जेठ (ओएनएस) : सबैले अपनत्व महशुस गर्नसक्ने संविधान निर्माण गर्न संविधानसभा बाहिर रहेका दल र सरोकारवालाको पहिचान गरी अविलम्ब वार्ता गर्न सभासदहरुले माग गरेका छन् । बुधवार बसेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा सदस्यहरुले यस्तो माग गरेका हुन् ।

संविधानसभाबाहिर रहेका दल, सरोकारवाला र पक्षहरुसँगको अध्ययन गर्न गठित पुर्णबहादुर खड्का संयोजक रहेको उपसमितिले आफ्नो प्रतिवेदन समितिसमक्ष पेश गरिसकेको छ । उपसमितिले पेश गरेको प्रतिवेदनमाथि सदस्यहरुले प्रश्न गरेका थिए । उनीहरुले संविधानसभा बाहिर रहेका राजनीतिक दललाई संविधान निर्माणमा कसरी सहभागी गराउने र त्यसकालागि वार्ता र संंवाद प्रक्रियाको थालनी के कस्तो गरी अगाडि बढाउँदा सकारात्मक परिणाम हासिल गर्न सकिन्छ भन्ने विषयमा जिज्ञासा राखेका थिए ।

संविधानसभा बाहिर रहेका राजनीतिक दलहरुको पहिचान एवं कार्यविधि तर्जुमाका विषयमा प्रतिवेदन तयार पार्न समितिले पुर्णबहादुर खड्काको संयोजकत्वमा एक उपसमिति गठन गरेको थियो । वार्ताका क्रममा सुरक्षा संवेदनशीलताको पाटो निकै महत्वपुर्ण हुने भएकाले कुन दलसँग कस्तो व्यवहार गर्ने र वार्ताकालागि कस्तो तरिका अपनाउने भन्ने विषयमा विगतका वार्तामा अपनाइएको सावधानीसहित समितिलाई खडकाले जानकारी गराएका थिए । बैठकमा संविधानसभाबाट समितिमा पठाइएको राष्ट्रिय हित र न्यायप्रणालीका असहमतिका विषयलाई प्रवेश गराइएको छ । ती विषयका अन्र्तबस्तुका बारेमा अब बस्ने समितिको बैठकमा छलफल हुने समितिका सभापति डा. बाबुराम भट्टराईले जानकारी दिए ।


  •  
  •  
  •