सेना पठाएर अस्पताल खुलाउन सांसदको माग

348
  •  
  •  
  •  

काठमाडौं, २१ साउन (ओएनएस) : लामो समयदेखि बन्द रहेको वीर अस्पताल खुलाउन सेना लगाएर खुलाउन एक सांसदले माग गरेका छन् । संसदको बुधबार बसको बैठकमा बोल्दै उनीहरुले यस्तो माग राखेका हुन् । नेमकिपा सांसद प्रेम सुवालले लामो समयदेखि बन्द रहेको अस्पताल खुलाउन नेपाली सेना पठाउनु पर्ने बताए ।
‘सत्तारुढ दलको भागबण्डाको राजनीतिका कारण बीर अस्पताल बन्द छ, अस्पताल बन्द गर्ने ठाउ होइन, उपचार गर्ने ठाउ हो, संसदको शून्य समयमा सभासद् सुवालले भने, ‘स्पताल कुस्ती खेल्ने ठाउ होइन, कुस्ती खेल्न टुडिखेल गए हुन्छ, नेपाली सेना पठाएर उपचार सेवा सुचारु गर्नुपर्छ ।


  •  
  •  
  •