संविधानका अन्तरबस्तुमा सभासदहरुको बोल्नेक्रम जारी

46
  •  
  •  
  •  

काठमाडौं २९ भदौ (ओएनएस) :
संविधानका सहमति र असहमति सहितको मस्यौदामाथि संविधानसभामा छलफल जारी रहेको छ । संवैधानिक राजनीतिक संवाद तथा सहमतिले पेस गरेको मस्यौदामा आज पनि सभासदहरुले भनाई राख्ने भएका छन् । बिहान ११ बजे संविधानसभा भवन नयाँ वानेश्वरमा बस्न संविधानसभा बैठकमा आज बाँकी सभासदहरुले समय मागेर भनाई राख्ने छन् ।

दलहरुबीच सहमति भइसकेका र असहमति रहेका विषयमा सभासदहरुको भनाई फरक फरक आएको छ । अब सहमतिका लागि समय थप गर्ने वा प्रक्रियामा जाने भन्नेमा पनि दलहरु विभाजित छन् ।

केहीदिन छलफल भएर सकिएपछि सहमति भएका विष्य मस्यौदा समितिमा र विमतिका विषय फेरी संवाद समितिमा नै फिर्ता गरिनेछ । यसैबीच व्यवस्थापिका संसदको बैठक आज पनि  बस्ने भएको छ । दिउँसो ३ बजे संविधानसभा भवन नयाँ वानेश्वरमा बैठक बस्नेछ । बैठक एमाओवादीले लगातार अवरुद्ध गर्दै आएको छ।


  •  
  •  
  •