संविधानसभामा तीन धुव्र, प्रक्रियामै अल्झिए दलहरु

141
  •  
  •  
  •  

काठमाडौं २ पुस (ओएनएस) : संविधानसभामा दलहरुबीच धुव्रीकरण देखिएको छ । संविधानका अन्तरवस्तुमा रहेका विवाद समाधानको प्रक्रिया बारे दलहरु तीन धुव्रमा बाँडिएका छन् । सत्तापक्ष र एमाओवादी सहितका प्रतिपक्ष दुई धुव्रमा छन् भने राप्रपा नेपाल तेस्रो धुव्रमा देखिएको छ ।

माघ ८ को समयसीमामा संविधान निर्माणको काम पूरा गर्न बाँकी निर्णय संविधानसभाको पूर्ण बैठकबाट गर्नुपर्ने धारणा राख्दै कांग्रेस, एमालेसहित सत्तापक्षका सभासदले विवाद समाधानको जिम्मेवारी पुनः संवाद समितिलाई दिन नहुने अडान राखेका हुन् प्रतिपक्षी एमाओवादी र मधेसी दलहरूले भने नियमावलीमा उल्लेख भएजस्तै सहमति प्रयास र प्रश्नावली निर्माणको काम संवाद समितिबाटै हुनुपर्ने अडान राखेका छन् ।

राप्रपा नेपालले दुईटै अडानलाई छाडेर दुईतिहाईबाट संविधान जारी गर्नुपर्ने भन्दै धर्म निरपेक्षतामा जनमतसंग्रह खोजेको छ । दलहरुको धुव्रीकरणकाबीच आज पनि संविधानसभाको बैठक बस्दैछ । आजपनि सभादलहरुले भनाई राख्ने छन् । बैठक बिहान ११ बजे बोलाइएको छ ।


  •  
  •  
  •