लामो समय अवरुद्ध संवैधानिक समितिको बैठक बस्दै

275
  •  
  •  
  •  

काठमाडौं २५ कात्तिक (ओएनएस) : लामो समय अनिश्चित बनेको संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक तय भएको छ । बैठक अहिले बिहान सिंहदरबारमा बस्नेछ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ र सम्वाद समितिका सभापति बाबुराम भट्टराईबीचको सल्लाह पनि मंगलबारका लागि बैठक तय भएको हो । कांग्रेस एमालेको साझा प्रस्तावमा छलफल भइरहेका बेला अचानक स्थगित भएको बैठक अन्यौल बनेको थियो । मंगलबार समितिको बैठकमा सबै दलका शीर्ष नेताहरुलाई बोलाइएको छ ।

संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा। बाबुराम भट्टराईकोसोमबार सभापति भट्टराईले प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेकपा एमालेका अध्यक्ष केपी ओली, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारस“ग आज विहान टेलिफोनमा कुराकानी गरेका थिए ।
भट्टराईले राजनीतिक दलका शीर्ष नेताहरु तथा संविधानसभाका अध्यक्षस“ग सहमतिको मिलनविन्दु खोज्न पहल गर्न आग्रह गरेका छन् । सभापति भट्टराई पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग भने असन्तुष्ट छन् ।


  •  
  •  
  •