ब्यवस्थापिका संसद बैठक आज बस्दै

147
  •  
  •  
  •  

काठमाडौं २३ कात्तिक (ओएनएस) :
नियमित विजनेश अनुसार बैठक सक्ने हो भने व्यवस्थापिका संसदको बैठक गएको बिहीबार नै सकिने थियो । तर, बिहीबार नै वैठक दुईदिन स्थगन गरेर आज आइतबारका लागि सारियो । संविधानसभाको तयारीका लागि सार्दै लगिएको संसद बैठक आज सक्ने वा लम्ब्याउने भन्नेमा अझै अन्यौल छ ।

दलहरुबीच सहमतिय प्रक्रियामा टुङ्गोमा नपुग्दा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई तनाव सुरु भएको छ । बजेट पारित भएलगत्तै सक्नुपर्ने चालु व्यवस्थापिका संसदको बैठक लम्ब्याउने वा सक्नेमा उनी दोधारमा छन् । आज छलफल सकेर बाँकी विधेयक समितिमा पठाउने र त्यही बिचमा संविधानसभाको बैठक बोलाउने नेम्वाङको तयारी छ । तर, दलहरुले आइतबार सहमति हुन्छ भन्ने वचन दिएपनि अहिलेसम्म नेम्वाङले कुनै संकेत पाएका छैनन । ‘म दलहरुको सहमतिको प्रतिक्षामा छु आजै भोलि सहमति हुन्छ भन्ने वचन पाएको छु’ ‘ नेम्वाङले भने, ‘त्यस अनुसार संसदको बैठक अन्त्य गर्ने संविधानसभाको बैठक बोलाउने भन्नेमा परामर्श भइरहेको छ ।’ व्यवस्थापिका संसदको बैठक आज बस्दैछ ।

संविधानसभाले यही कात्तिक ४ गते संवाद समितिलाई १५ गतेसम्म सहमति कायम गर्ने र सहमति नभए त्यस्ता विषयमा प्रश्नावली बनाएर १६ गते प्रतिवेदन पेस गर्ने निर्देशन दिएको थियो । तर, समितिका सभापति बाबुराम भट्टराईले सहमति नभसम्म छलफल जारी रहने भन्दै प्रतिवेदन बुझाएका छैनन । संविधानसभा नियमावलीमा प्रतिवेदन नबुझाए के गर्ने भन्ने स्पष्ट व्यवस्था भने छैन ।

समितिले पेस गरेको प्रतिवेदन सहमतिको हुन नसके संविधानसभाले मतदानका आधारमा बहुमतबाट पारित गरेर संमस्यौदाका लागि मस्यौदा समितिमा पठाउनुपर्ने व्यवस्था छ। मस्यौदा समितिसम्म पुग्न दुई तिहाइ बहुमत आवश्यक पर्दैन, सामान्य बहुमत भए पुग्ने प्रवधान छ । तर मस्यौदा समितिले पेस गरेको संविधानका हरेक धारा भने दुई तिहाइ बहुमतका आधारमा संविधानसभाले पारित गर्नुपर्ने हुन्छ ।


  •  
  •  
  •