संविधान संसोधनको प्रक्रिया आजदेखि

112
  •  
  •  
  •  

काठमाडौं ५ माघ (ओएनएस): । व्यवस्थापिका संसदमा आजदेखि संविधान संसोधनको प्रक्रिया शुरु हुने भएको छ । संसद सचिवालयले आज दिउसो १ बजे बस्ने बैठकमा नेपालको संविधान पहिलो संसोधन बिधेययक २०७२ माथी दफावार छलफल गर्नका लागि संविधान संसोधन बिशेष समिति गठन सम्बन्धि प्रस्ताब पेश गर्ने तयारी गरेको छ ।

आजको बैठकमा सभामुखले संसोधित संविधानका धारामा छलफलका लागि बिशेष समिति गठन गर्ने वा फुल हाउसबाटै प्रक्रिया अगाडी बढाउने २ मध्ये १ प्रक्रिया छान्न हुनेछ । त्यसपछि संसोधन हालिएको धारामा छलफल भएसंगै संविधानको धाराहरु संसदको २ तिहाई बहूमतले पारित हुदै जाने संसद सचिवालयका प्रवक्ता भरत गौतमले जानकारी दिए । यस्तै बैठकले संसद नियमावलि मस्यौदा समितिको लागि समय थप गर्ने छ । राजनीतिक दलका विवादका कारण संसदको नियमावलि निर्माण पनि अलमलिएको छ ।

दलहरुबीच सहमति भए एकै दिनमा नै संसोधन प्रक्रिया पुरा गर्न सक्ने संसद सचिवालयले जनाएको छ । तर, दलहरुबीच सहमति भइनसकेकाले आजको वैठकमा संसोधन प्रक्रिया अगाडी बढ्नेमा अझै पनि अन्यौल भने कायम रहेको छ ।


  •  
  •  
  •