संविधानसभाको बैठक आज, कार्यसूची तयार भएन

71
  •  
  •  
  •  

काठमाडौं २१ (ओएनएस) : कार्यसूचीकै अलमलमा रहेका संविधानसभाको बैठक आज पनि बोलाइएको छ । दलहरुबीच सहमति नहुँदा बैठक बस्ने नबस्ने अन्यौल कायम नै छ । बैठक दिउँसो बोलाइएको छ । त्यसअघि दलहरुबीच छलफल हुँदैछ । यसअघि दलहरुको आग्रहमा सूचना टास गरेर स्थगित भएको संविधानसभाको बैठक आज बोलाइएको छ ।

दिउँसो बोलाइएको बैठकको कार्यसूची भने अन्यौलमा रहेको छसंविधानसभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सूचना निकाली बैठक आगामी आजसम्मको लागि स्थगित गर्नुभएको थियो । सूचनामा सभासदहरु जिल्लामै रहेका र दलहरुपनि संविधानका विषयमा छलफल गर्न तयार नदेखिएकाले बैठक स्थगित गरिएको जनाइएको छ ।

तर सभासदहरु काठमाण्डु फर्केपनि दलहरुबीच सहमति नहुँदा आज पनि बैठक अन्यौलमा नै रहेको संसद सचिवालयले जनाएको छ । संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले आजको कार्यसूची तय भइनसकेको जानकारी दिए । वैशाख १२ मा भूकम्प गएपछि संविधानसभाको बैठक तीन पटक सारिएको छ ।


  •  
  •  
  •