आज संविधानसभाको निर्णायक मोड

116
  •  
  •  
  •  

काठमाडौं ११ माघ (ओएनएस) : संविधान निर्माण प्रक्रियामा संविधानसभाको बैठकले आज निर्णायक मोड लिने भएको छ । प्रमुख दलहरूबीच सहमति नभए सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले नै आज संविधानसभामा प्रश्नावली समितिको प्रस्ताव गर्ने भएका छन्। बिहानसम्म सहमति भइसके छैन । आज सहमति भएपनि वा नभएपनि निर्णायक मोडका रुपमा संविधानसभाको बैठकलाई हेरिएको संसद सचिवालयले जनाएको छ ।

एकीकृत नेकपा माओवादी नेतृत्वको १९ दलीय मोर्चाले प्रश्नावली समितिका प्रस्तावक चिनकाजी श्रेष्ठलाई रोस्ट्रम प्रवेश गर्न नदिएपछि सभाध्यक्ष नेम्वाङ आफैंले संविधानसभा नियमावलीको नियम ९१ बमोजिम प्रस्ताव पेस गर्ने तयारी गरेका हुन्।

सभाध्यक्षले प्रस्ताव पेस गरे संविधानसभामा कायम सदस्यमध्ये दुई तिहाइभन्दा बढी मतले पारित गरेर समिति बनाउने सत्तारूढ राजनीतिक दलको तयारी छ। विपक्षी मोर्चा भने त्यसको प्रतिवाद गर्ने तयारीमा छ । समितिका लागि प्रस्ताव पक्षधर दलहरूका तर्फबाट ४५ सदस्यको नामावली पनि तय भइसकेको छ।
एमाओवादी नेतृत्वको १९ दलीय मोर्चाले भने संविधानसभाको बैठक दस दिन स्थगित गर्न आग्रह गर्दै नभए प्रस्ताव अघि बढाउन नदिने रणनीति लिएको छ। स्रोतका अनुसार सभाध्यक्षको भूमिका अहिलेसम्म तटस्थ रहेकाले अब कुनै पनि हालतमा कांग्रेस–एमालेको लहडमा लागेर आफैं प्रस्ताव पेस नगर्न उनीहरूले आग्रह गरेका थिए।

तर, सभाध्यक्ष नेम्वाङले आफू एक्लैले संविधानसभाको बैठक स्थगित गर्न नसक्ने बताउँदै अन्य दलहरूलाई यो प्रस्ताव राखिदिने आश्वासन दिएका थिए। उनले आफु पछि फर्किन नसक्ने भएकाले कि सहमति गर्न नभए वाध्यता बुझ्न आग्रह गरेका छन् । उनले बिहान दलका नेताहरुसँग छलफलको तयारी गरेको उनी निकट स्रोतले जनाएको छ ।


  •  
  •  
  •