सहमतिकै खेलोमा घर्कियो म्याद

72
  •  
  •  
  •  

काठमाडौं ८ माघ (ओएनएस) :  दलहरुले संविधान जारी गर्ने प्रतिवद्धता जनाएको अन्तिम दिन माघ ८ आइपुगेको छ । माघ ८ आँखा अगाडी नै ठोकिदा पनि संविधान निर्माणबारे थप अन्योल उत्पन्न भएको छ । संविधान जारी गर्ने भनी एक वर्षअघि जनतासामु संकल्प गरिएको थियो । दलहरुले कार्यतालिका मार्फत माघ ८ को मिति तय गरेका थिए ।

संविधानसभाद्वारा पारित कार्यतालिकामा संविधान जारी गर्ने भनी लेखिएको दिन बिहीबार ११ बजेका लागि डाकिएको संविधानसभा बैठकमा संविधान जारी होइन रोस्टम घेराउ र नाराबाजी हुने सम्भावना छ । संविधानका विषयवस्तुबारे कांग्रेस–एमाले तथा एमाओवादी–मधेसी मोर्चाबीच तत्काल सहमतिको सम्भावना पनि देखिँदैन र एमाओवादीलाई ‘मार्सल’ लगाएर बाहिर निकाल्ने सामथ्र्य पनि कांग्रेस–एमाले पक्षमा देखिँदैन ।
तर सत्तापक्ष प्रक्रियालाई अघि बढाउने तयारीमा छन् । प्रस्ताव समिति गठन प्रक्रिया थालेका सभाध्यक्ष सुवास नेम्बाङ पनि बीचैमा अवरुद्ध प्रक्रिया कसरी टुंगोमा पुस्याएर समिति गठन गर्ने भन्ने अन्योलमा छन।

एमाओवादी र मधेसीलाई पेलेर अघि बढ्ने पक्षमा दुई तिहाइ सभासद्ले त हस्ताक्षर नै बुझाएर दबाब दिएका छन् । तर डेढ सयभन्दा बढी सभासद्लाई मार्सल लगाएर संविधान बनाउने पक्षमा नेम्बाङ छैनन् । एमाओवादी कुनै पनि हालतमा बहुमतीय प्रक्रियाबाट संविधान बन्न नदिने रणनीतिमा छ ।


  •  
  •  
  •