संविधानसभाको बैठक आज पनि

100
  •  
  •  
  •  

काठमाडौं ७ माघ (ओएनएस) :  हिजोको निरन्तरतामा संविधानसभाको बैठक आज पनि बस्दैछ । वैठक आज पनि विपक्षीले अवरोध गर्ने तयारी गरेको छ । सोमबार मध्य रातमा तोडफोडपछि स्थगित हुदै आएको संविधानसभाको बैठक हिजो पनि विपक्षीको नारावाजीले स्थगित भएको थियो । एमाओवादीका नेता अग्निप्रसाद सापकोटाले आज पनि वैठक सञ्चालन गर्न नदिने बताए ।

‘सत्ता पक्षले भने विपक्षीले गरेको आन्दोलन हेर्न वाहेक अरु विकल्प नभएको बताएका छन् । हामी आफ्नो तयारीमा छौ तर संविधानसभामा विपक्षीको हर्कत हेर्छौ’ कांग्रेृस नेता पूर्ण बहादुर खड्काले भने । बैठक विहान ११ बजे बोलाइएको छ । बैठक बस्नुअघि सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले सामान्य परामर्श गर्नेछन् ।

यसअघि हिजो दिउँसो बैठक बस्न खोजे पनि प्रतिपक्षि दलहरुको अवरोधका कारण आजसम्मका लागि स्थगित गरिएको थियो । हिजो संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले बैठक सुरु भएको जानकारी गराउन नपाउँदै एकीकृत माओवादी लगायत प्रतिपक्षि दलका सभासदहरुले रोष्टम नजिक पुगेर नाराबाजी सुरु गरेका थिए ।

झन्डै डेढ घण्टा लगातार नाराबाजी भएपछि सभाध्यक्ष नेम्वाङले बैठक स्थगित गरेका थिए । कांग्रेस एमालले प्रकृया अघि बढाए आजको बैठक पनि अबरुद्ध गर्ने एकीकृत माओवादीले जनाइसकेको छ ।


  •  
  •  
  •