संविधानसभामाथि दवाव, राप्रपा नेपालले घेराउ गर्दै

76
  •  
  •  
  •  

काठमाडौं ४ माघ (ओएनएस) : दलहरुले माघ ८ मा संविधान जारी गर्न नसक्ने भएपछि संविधानसभामाथि दवाव परेको छ । धर्ना, जुलुस व्यङग्यदेखि घेराउसम्मका कार्यक्रम सुरु भएका छन् । आज संविधानसभाभित्रैको एउटा दलले पनि संविधानसभा घेराउ गर्दैछ ।

संविधानका विवादीत अन्तरबस्तुमा सहमति नभएपछि त्यसको टुंगो जनमतसंग्रहबाटै गर्नुपर्ने माग सहित राप्रपा नेपालले आज संविधानसभा घेराउ गर्न लागेको हो । अध्यक्ष कमल थापाको नेतृत्वमा मध्यान्ह १२ बजे बबरमहलमा भेला भइ जुलुशसहित बानेश्वर गएर संविधानसभा घेराउ गर्ने राप्रपा नेपालले जानकारी दिएको छ ।

राप्रपा नेपालले अब बन्ने संविधानमा सनातन हिन्दु राष्ट्र कायम गर्न पनि माग गरेको छ । संविधानसभा भवन आसपासमा सुरक्षा ब्यवस्था कडा पारिएको छ । शनिबार भन्दा आज बिहान सुरक्षाकर्मी बढी परिचालन गरिएका छन् ।


  •  
  •  
  •