संविधानसभाको बैठक माघ १ गतेसम्मका लागि स्थगित

76
  •  
  •  
  •  

काठमाडौं २९ पुस (ओएनएस) : सम्वाद समितिको प्रतिवेदन टेवुल गर्दै संविधानसभा बैठक स्थगित भएको छ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले माघ १ गतेसम्मका लागि स्थगित गरेका छन् ।

जेष्ठ सदस्य सूर्यबहादुर थापाबाट संवाद समितिको प्रतिवेदन पेश भएपछि वैठक स्थगन भएको हो । सम्वाद समितिका सभापति डा. भट्टराई बैठकमा नगएपछि  थापाले पेश गरेको हुन् ।  बिहान ११ बजे तय गरिएको संविधानसभा बैठक आज १२ बजेपछि सुरू भएको हो ।

सत्तासिन दलका सभादहरू कोही १० बजे नै पुगिसकेका थिए भने कोही ढिला पुगे । आज अरू दिनको भन्दा सभासदको संख्या बढी थियो । संविधानसभा भवन नयाँबानेश्वर पुगेका सभासदहरु घाम तापेर बसेका थिए । । सभासदहरु कोही प्रहरीको गाडीमा र कोही अस्पतालको एम्बुलेन्समा आएका छन् ।

1779898_10205830331786621_9136896634816519565_n
एमाओवादी, मधेसी मोर्चा लगायतका विपक्षी दलका कुनै पनि सभासद सहभागी छैनन् । उनीहरुले बैठक स्थगन गर्न माग गरेका छन् । स्थगन नभए बहिष्कार गर्ने बताएका छन् । बन्द उल्लंघन गर्दै संविधानसभा भवन पुगेका संवाद समितिका सभापति डा. बाबुराम भट्टराई पनि संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई प्रतिवेदन बुझाए फर्किएका छन् ।

तस्विर : सामाजिक सञ्जालबाट


  •  
  •  
  •